सम्मानित भए कुलमान घिसिङ र डा. सन्दुक रुइत

समाचार

काठमाण्डाै,  नेपाल विद्युत् प्राधिकरणका का’र्यकारी निर्देशक कुलमान घिसिङ र आँखा विशेषज्ञ डा. सन्दुक रुइत हेमबहादुर मल्ल सम्मा’नबाट सम्मानित हुनुभएको छ ।

काठमाण्डौ’मा भएको एक कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुनले दुवैजनालाई सम्मान गर्नुभएको हो । साल्ट ट्रेडिङ कर्पाेरेशन’को प्रायोजनमा स्थापना भएको हेमबहादुर मल्ल सम्मान २०७३ घिसिङलाई र २०७४ डाक्टर रुइत’लाई प्रदान गरिएको हो । पुरस्कारको राशी २ लाख रुपैयाँ रहेको छ ।

प्राधिकरणका कार्यकारी निर्दे’शक घिसिङलाई लोडसेडिङ हटाउन भूमिका खेलेको तथा डा.रुइतलाई आँखा उपचा’रमा पुर्‍याएकाे अतुलनीय योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

यसअघि केदारभक्त माथेमा, चाँद’नी जोशी, डा.भगवान कोइराला, डा.बिमल कोइराला, महावीर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुंगा’ना, डा.सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम र डा. देवेन्द्र पाण्डे याे सम्मानबाट सम्मा’नित भइसक्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *