काठमाण्डाैमा तापक्रम शून्य दशमलव ६ डिग्री सेल्सियसमा झर्‍याे

समाचार

काठमाण्डाै, यस बर्षकाे पाैष महिनाकाे मध्य हुँदै गर्दा काठमाण्डाैको तापक्रम शून्य तर्फ ओरा’लो लाग्न थालेको छ । शनिबार बिहानको तापक्रम शून्य दशमलव ६ डिग्री सेल्सिय’समा झरेको छ ।

शनिबार मापन गरिएकाे तामक्रम यो वर्षकै सबैभ’न्दा कम तापक्रम हो । गएकाे बिहीबार काठमाण्डौ’को तापक्रम शून्य दशमलव ९ डिग्री सेल्सियस थियो । शुक्रबार भने थोरै बढेर न्यूनतम ताप’क्रम १ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो ।

सामान्यतया पुस महिना मध्य चिसोको समय रहे’काले यो महिना तापक्रम घटेर देशभरी नै चिसो हुने मौसमविद्ले बताएका छन् । यस्तै अघिल्लो दिन दिउँसो पारिलो घाम ला’गेर राती आकाश खुले बिहानको तापक्रम घट्ने तर बिहान बाक्लो हुस्सु र कुहिरो लागे तापक्रम थोरैमात्र तल’माथि हुने मौसमविद् वरुण पौडेलले बताउनुभयो ।

अहिले तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने अरु ठाउँको मौ’सम सामान्यतया सफा नै रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । तराईका जिल्ला’मा दिउँसोपछि मात्रै हुस्सु कुहिरो हट्ने गर्दा जनजीवन प्रभावित भएको छ । शनिबार देशभरीकै मौ’सम सफा हुने मौसमविद्ले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *