देशका धेरै ठाउँमा चिसो बढ्ने, दुई दिन वर्षासँगै हिमपातको सम्भावना

समाचार

काठमाण्डाै, बुधबारदेखि देशका धेरै ठाउँमा चिसो बढ्ने मौसम’विद्ले बताएका छन् । जम्मू–कश्मीरमाथि रहेको पश्चिमी न्यूनचापीय प्रणाली पूर्व सर्ने क्रममा रहे’को र यो प्रणाली पूर्व सर्दै नेपालको पश्चिमी भेगमा आज रातिसम्ममा प्रवेश गर्ने देखिएको मौस’मविद् शान्ति कँडेलले बताउनुभयो ।

उहाँका अनुसार यही प्रणालीका कारण बुध’बार देशको पश्चिमी उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात हुने सम्भावना छ । यो प्रणाली बि’हीबार बेलुकीसम्म अझै सशक्त भइ देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली क्षेत्रमा समेत भारी हिमपात हुने उहाँले ब’ताउनुभयो ।

यो प्रणालीका कारण बुधबार र बिहीबार देशै’भरि बदली भइ तापक्रम घट्ने र देशैभरि चिसो बढ्ने अनुमान रहेको मौसमविद् कँडेलले बताउनुभयो । यस्तै यही प्रणा’लीका कारण आउँदो बिहीबार र शुक्रबार केही ठाउँमा पानी पर्ने मौसमविद्ले बता’एका छन् ।

देशभर तापक्रम घ’ट्ने सम्भावना रहेकाले हिमपात र चिसोबाट जोगिन सतर्कता अपनाउन मौसम पूर्वानु’मान महाशाखाले जनाएको छ । चिसाेबाट जाेगिन न्यानाे लुगाउन अनुराेध गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *